Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डले विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरे: कांग्रेस

प्रचण्डले विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरे: कांग्रेस

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरे पनि प्रचण्डले विश्वास घात गरेको बताए 

    AGNI GROUP

    प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए ।

    ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनले भने । अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij