Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहकारीबाट ऋण लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
पछिल्लो समय ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीहरूले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।
यस्तो छ सूचना:

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij