
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले इलाम-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ ।
कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस जिल्ला सभापति समेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij