Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

गण्डकी कृषि विकास निर्देशनालयका निमित्त कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

गण्डकी कृषि विकास निर्देशनालयका निमित्त कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

  • काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर २८ लाख ३७ हजार २१७ अनियमितता गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

    images
    आरोप पत्र दायर गरिएकामा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ तथा स्याङ्जाको गल्याङ-३ बस्ने श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij