Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

  • काठमाडौं, । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। 

    onlinepatrika
    Arghakhachi

    उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको छ।

    AGNI GROUP

    उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभयो। 

    आपसी हितका लागि यी क्षेत्रमा थप सहकार्य गर्नु आजको आवश्यकता हो।’उहाँले आपसी हितका विषयहरूमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो। ‘आगामी दिनमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्धका नयाँ आयाम थपिँदै जाने र हाम्रो सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा हामीले गरेका छौँ’, उहाँले भन्नुभयो।  

    नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले नेपाल र नर्वेबिच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनुभयो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij