Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

  • काठमाडौं । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पुनरावेदन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी सरिता राउतविरुद्ध दायर भएको सार्वजनिक हानी नोक्सानी तथा गैरकानुनी लाभ पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सोमबार पुनरावेदन भएको छ ।

    AGNI GROUP

    आयोगका अनुसार प्रतिवादी सरिता राउत समेतलाई ५३ लाख एक हजार ८५६ रुपियाँ, नवराज सापकोटाविरुद्ध १४ लाख ३४ हजार २८६ रुपियाँ, ढाकाराम अर्यालविरुद्ध ३६ लाख ४९ हजार ८९९ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन माग गरिएको छ ।

    विशेष अदालतले फैसला गर्दा विभिन्न प्रतिवेदनको ब्यहोरा बमोजिम दायर हुन आएको आरोपदाबी प्रतिवादीहरूले अनुसन्धानको क्रममा र अदालतमा गरेको बयान समेत वस्तुनिष्ठ, विश्वसनीय नरहेको साथै प्रमाणहरू शङ्कारहित तवरले पुष्टि गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij