Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणतन्त्र दिवस मौलिक रूपमा मनाउने सरकारको तयारी,

गणतन्त्र दिवस मौलिक रूपमा मनाउने सरकारको तयारी,

  • काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तरिकाले  मनाउने तयारी गर्न निर्देशन दिएका छन् । मञ्च सजावट तथा व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई  दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउने तयारी सरकारको छ।  मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । 

    AGNI GROUP

    सरकारले वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ।नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा समेत दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उप-प्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका उप-प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत सहभागी थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij