Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

  • काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २१ अर्ब आठ करोड ८० लाख रुपैयाँ बढीको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा सो मूल्य बराबरको कुल आठ हजार ४९७ गाडी भित्रिएका हुन् ।

    यो अवधिमा वैशाख महिनामा मात्रै १४०४ बिजुली गाडी आयात भएको छ । निरन्तर उकालो लागेको बिजुली गाडीको आयात सरकारले अर्धवार्षिक समीक्षा मार्फत कर बढाउने हल्ला चल्दा फागुनमा घटेको थियो । फागुनमा नेपालमा २७६ ओटा बिजुली गाडीमात्रै भित्रिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    तर करमा कुनै फेरबदल नभएपछि पुन: बिजुली गाडीको आयात बढ्न थालेको हाे । वैशाखमा ५० किलोवाटसम्मका ५७०, ५१-२०० किलोवाटसम्मका ८१९, १०१-२०० किलोवाटसम्मका १२, २०१-३०० किलोवाटसम्मका तीन ओटा मात्र बिजुली गाडी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij