Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सरकारले सेवासुविधा थप लगायत माग गर्दै आन्दोलनरत संसद सचिवालयका कर्मचारीसँग वार्ता सुरू गरेको छ। बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुन मन्त्री पदम गिरीको नेतृत्वको समितिबीच सोमबार वार्ता चलिरहेको हो।
युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी रहेका छन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो।
अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij