
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए।
सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने तथा आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने उनले बताए।
देउवाले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। दाजुभाइहरू हुनुहुन्छ। अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यसकारण तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। आपसमा मिलेर जाने हो, झगडा गर्ने होइन।’
सभापति देउवाले आदिवासी, जनजातिका माग सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij