Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । गत फागुन २१ गते सत्ता गठबन्धनमा एमाले आएसँगै निष्क्रिय भएको ‘समाजवादी मोर्चा’ माओवादीको सत्ता बहिरगमनसँगै सक्रिय भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेपछि एकाएक मोर्चालाई निष्क्रिय बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ताबाट बाहिरिएसँगै गतिविधि सुरु गरेको हो।
एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेर भावी कार्ययोजनाबारे छलफल गरेको छ।
मोर्चाको बैठकमा यसअघि सहभागी हुँदै आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित रहे। दाहाल प्रधानमन्त्री भएकै बेला जसपा विभाजन गरिएपछि अध्यक्ष यादव रुष्ट छन्।
दाहालले मोर्चालाई आफ्नो उद्देश्य पूरा गर्न रणनीतिक रुपमा उपभोग गर्दै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij