Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील छु : प्रधानमन्त्री ओली

संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील छु : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताए।

    onlinepatrika
    Arghakhachi

    नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने बताए । 

    AGNI GROUP

    आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताए। 

    उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे। 

    उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । नेकपा (एमाले), नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीको यो समीकरणले भनेको संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाइ छ। उनले समृद्ध नेपालस् सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij