
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं। काठमाडौंको कुलेश्वरमा रहेको काजु गोदाममा प्रहरीले छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालीमाटीले छापा मारेको हो ।
मारवाडी समुदायका व्यापारीले सो गोदाम सञ्चालन गरेका हुन् । शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा टिम पठाइएको काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij