Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लेखा समिति बैठकमा विवाद र होहल्ला...!

लेखा समिति बैठकमा विवाद र होहल्ला...!

  • काठमाडौं । तीन महिनाभित्र विद्युत महशुल वक्यौता नउठाए नेपाल विद्युत प्राधिकरणका पदाधिकारीबाट असूल उपर गर्ने सार्वजनिक लेखा समितिको निर्णयमा माओवादी केन्द्रका सांसदले असहमति जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi
    लेखा समिति बैठकमा तीन घण्टाभन्दा लामो समय छलफलपछि समितिका सभापति ऋषिकेश पोखरेलले निर्णय सुनाउने क्रममा तीन महिनाभित्र महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित महशुल असूल गर्न निर्देशन दिने प्रस्ताव राखेका छन् ।

    सो प्रस्तावमा सहमति भए पनि तीन महिनाभित्र असूल नगरेमा नेपाल विद्युत प्राधिकरणका जिम्मेवार व्यक्तिहरुबाट असूल उपर गर्ने र कारबाहीका लागि अख्तियारलाई लेखी पठाउने निर्णयमा भने माओवादीका सांसदले विमति जनाएका हुन् ।

    AGNI GROUP

    बैठकमा माओवादी सांसद राजन दाहाल र अमनलाल मोदीले निर्णय नमान्ने भन्दै सभापति पोखरेलको चर्को विरोध गरेका छन् । अन्य केही सांसदले समेत महशुल वक्यौता उठाउने निर्देशनमात्र दिन आग्रह गरेपछि बैठकमा होहल्ला र विवाद भएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij