Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।
परिसरका प्रवक्ता अधिकारीले भने, “यही भदौ १० गते काठमाडौँ–१० शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुइँ तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्यु भएकाले हत्या गरेको अभियोगमा प्रहरीले एमके कुमारलाई पक्राउ गरेको हो ।”
पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेर नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij