Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनद्धारा संघिय मन्त्रालयलाई पत्र

बालेनद्धारा संघिय मन्त्रालयलाई पत्र

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकिय अधिकृत माग्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मेयर शाहले बुधबार नै मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकिय अधिकृत पठाइदिन आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले पत्रमा भनेका छन्,‘काठमाडौँ महानगरपालिकामा खटि आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ विदामा बस्नु भएकाले स्थानीय सरकार ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’

    काठमाडौं टावरको विवादमा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर शाहले छानविन नसकिएसम्मको लागि बिदामा बस्न भनेका छन् ।

    महानगरले गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनले पनि राजीनामा दिएपछि मेयर शाहले अर्काे अधिकृत पठाइदिन अनुरोध गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij