Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौँका दुई दर्जन भन्दा धेरै ठाउँमा आज दिउँसो पाँच घण्टासम्म बिजुली बत्ती जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायत कामका लागि आइतबार दिउँसाे काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै काडमाडौँकाे सतुंगल र मातातीर्थ फिडर अन्तर्गतका २४ ठाउँमा आइतबार बिहान ११ बजेदेख दिउँसो चार बजेसम्म विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको छ ।
‘बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातीर्थ सबस्टेशनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा पार्ने शिलशिलामा पुराना पोलहरुबाट नयाँ पोलमा लाइन तान्नको लागि बिहान ११ बजेदेखि बेलुका चार बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij