Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिलान्यास

फल्चासहितको पुस्तकालय भवनको शिलान्यास

फल्चासहितको पुस्तकालय भवनको शिलान्यास

हाँडीगाउँ (नरःदे) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवनको शिलान्यास गरिएको छ।

  • काठमाडौं । हाँडीगाउँ (नरःदे) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवनको शिलान्यास गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतिले संयुक्त रूपमा वैदिक विधिअनुसार शिलान्यास गरेका हुन्।

    AGNI GROUP

    शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले सम्पदा मूल्य अन्य कुनै वस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताइन्।

    मौलिक स्वरूपमा सम्पदा पुनरुत्थानमा महानगरले लगानी बढाएको उनको भनाइ छ । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ।

    हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरूपमा ल्याउने काम भइरहेका वडाध्यक्ष प्रजापतिले बताए । फल्चा निर्माण यसको एउटा उदाहरण भएको उनले बताए।

    भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुने छन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ।

    भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँमा निर्माण पक्षले कामको जिम्मा लिएको छ।

    २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । यो स्थानमा २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij