Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बानेश्वरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान साढे ९ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वरको कात्यानीचोकमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो।
ज्यान गुमाउनेमा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका तीन वर्षीय बालक शिवांस झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
बा.प्र.०१.०३१ च ९५६३ नम्बरको कारले बालकलाई ठक्कर दिएपछि तत्कालै सिनामंगल स्थित केएमसी अस्पताल पुर्याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।
प्रहरीले कार र काठमाडौं-३१का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij