
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता,२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबलबहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij