Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवलपरासी पूर्व

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

  • काठमाडौं । नवलपरासी पूर्वको देवचुलीमा सोमबार बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

    टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए ।

    त्यस्तै दुवै सवारीसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij