
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिनका लागि स्थगित हुने भएको छ । यातायात व्यवस्था विभागले छपाइ मेसिन मर्मतका लागि जेठ २७ गतेदेखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द रहने जनाएको हो ।
विभागका अनुसार छपाइ मेसिनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सो अवधिमा कुनै पनि सवारी लाइसेन्स प्रिन्ट गरिने छैन ।
विभागले विशेष रूपमा अत्यावश्यक प्रयोजनका लागि सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीलाई जेठ २५ गतेभित्र नै निवेदन दर्ता गरी स्वीकृति (एप्रुभ) भएको यकिन गर्न सुझाव दिएको छ । अन्यथा, छपाइ बन्दको कारण सेवामा ढिलाइ हुन सक्ने विभागको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij