Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ । तेह्रथुमको मेन्छ्यायेम सेवा समाजको आयोजनामा हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा एआईजीपी खापुङ्लाई सम्मान गरिएको हो ।
मेन्छ्यायेममा जन्मीहुर्की तथा माध्यमिक तहसम्मको अध्ययन पूरा गरी नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक जस्तो गरिमामय पदमा पुगेर सबैलाई गौरवान्वित बनाउन सफल भएकोमा सम्मान गर्न कार्यक्रम आयोजना गरिएको समाजका महासचिव केशव भट्टराईले बताए ।
सम्मान कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार, तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एक असल र क्षमतावान् प्रहरी अधिकृतका रूपमा खापुङले समग्र जिल्लाको शिर उँचो बनाएको भन्दै उनलाई प्रहरी महानिरीक्षक बन्ने शुभकामना व्यक्त गरे ।
समाजका वर्तमान अध्यक्ष डिल्लीराम ढुङ्गेलले पनि एआईजीपी खापुङ तेह्रथुम जिल्लाको लागि गौरव र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।
यस्तै मेन्छ्यायम गाउँपालिकामै जन्मिएका प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले पनि एआईजीपी खापुङलाई हार्दिक बधाई दिँदै आफ्ना लागि सधैँ प्रेरणाको पात्र रहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij