Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन’

‘कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन’

  • काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये आज तोकिएका मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफलमा भाग लिँदै सदस्य युवराज शर्माले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत माग भएकामा विगत वर्षको भन्दा घटेको बताए । शिक्षा क्षेत्रलाई बढी महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

    AGNI GROUP

    राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विगतका सरकारले ल्याएका राम्रा कार्यक्रममा अहिलेको सरकारले निरन्तरता दिन नसकेको आरोप लगाए । कृषि र शिक्षा क्षेत्रमा बजेट आवश्यक मात्रामा व्यवस्था हुन नसकेको उनको भनाइ थियो ।

    सदस्य जयन्तीदेवी राईले शिक्षामा पर्याप्त मात्रामा बजेट नभएको बताइन् । सदस्य रेणु चन्दले प्रतिनिधिसभामा निजामती विधेयक पाति गरेभन्दा फरक कसरी भयो त्यसको छानबिन गर्न माग गरिन् । कृषिमा बजेट कम भएको उनको गुनासो थियो ।

    सदस्य कृष्णबहादुर रोकायाले बजेटले सन्तुलित विकासको अवधारणालाई समेटेर अघि बढेको बताए । पुराना आयोजनालाई अलपत्र नपारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

    सदस्य कृष्णप्रसाद अधिकारीले बजेट भूगोलअनुसार सन्तुलित नभएको बताए । सदस्य गङ्गाकुमारी बेल्वासेले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताइन् । कृषिलाई हल्का तरिकाले बजेटमा प्रस्तुत गरिएको उनले उल्लेख गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij