Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘उज्यालो अभियान’

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

  • काठमाडौँ  । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।

    AGNI GROUP

    बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापोलगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

    नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नगारिक भएको हिसावले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हुँ ।’

    उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’

    घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन्।  अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

    पदावधि सकिन झन्डै चार महिना मात्रै बाँकी रहेका घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिंदै गत चैत्र महिनामा सरकारले बर्खास्त गरेपछि उनी सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च गएका थिए।  सरकारको उक्त निर्णयको विभिन्न राजनीतिक दल तथा नागरिक समाजले विरोध गरेका थिए।  उनले सुरु गरेको ‘उज्यालो अभियान’ लाई उनी छिट्टै राजनीतिमा सक्रिय हुने संकेतको रुपमा हेरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij