Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

पक्राउ परेको केही दिनमै छुटे ठेकदार भेटवाल

पक्राउ परेको केही दिनमै छुटे ठेकदार भेटवाल

असार १३ गते पक्राउ परेका उनलाई १९ गते दोस्रोपटक म्याद थपका लागि उपस्थित गराउँदा अदालतले म्याद नदिएपछि उनी छुटेका हुन् ।

  • काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल छुटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं जिल्ला अदालतले पहिलोपटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

    AGNI GROUP

    असार १३ गते पक्राउ परेका उनलाई १९ गते दोस्रोपटक म्याद थपका लागि उपस्थित गराउँदा अदालतले म्याद नदिएपछि उनी छुटेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतले म्याद थप नगरेपछि भेटवाल छुटेका हुन् ।

    भेटवाललाई प्रहरीले असार १३ गते पक्राउ गरेको थियो । स्वास्थ्य समस्याका कारण देखाउँदै उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

    जलेश्वर बिकोई बिल्डर्स प्रालिका अध्यक्ष भेटवाल दमको बिरामी भएकाले अस्पतालमा राखिएको प्रहरीको दाबी छ ।

    उनी ९ करोड ८८ लाख रुपैयाँ चेक बाउन्सको कसुरमा पक्राउ परेका थिए ।​ भेटवालविरुद्ध जिल्ला अदालतबाट २०८२ असार ६ गते पक्राउ पुर्जी जारी भएको थियो ।

    उनी यसअघि पनि पटक-पटक पक्राउ परेका थिए । ‘क’ श्रेणीका ठेकेदार भेटवालले काठमाडौं भ्यू टावर पनि अलपत्र पारेका छन् ।

    उनले ठेक्कापट्टाकै क्रममा सिन्धुलीका राजकुमार बरालसँग ९ करोड ८ लाख रुपैयाँ लगेको र त्यो रकम फिर्ताका लागि चेक दिए पनि रकम नसाटिएको आरोप छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij