Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

एफपीओ निष्काशन गर्दै हिमालयन बैंक

एफपीओ निष्काशन गर्दै हिमालयन बैंक

  • काठमाडौं । हिमालयन बैंकले आगामी असार ३२ गतेदेखि आफ्नो एफपीओ  निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर सार्वजनिक रुपमा बिक्रीमा ल्याउन लागेको हो ।

    images
    images
    images

    यो एफपीओबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। यस माध्यमबाट बैंकले आफ्नो संस्थापक तथा सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ७०:३० कायम राख्न चाहेको जनाएको छ ।

    images

    एफपीओ निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहनेछ । इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिनेछ ।

    एफपीओमा छिटोमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयसम्म आवश्यक मात्रामा आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म थपिने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij