
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । सो भेटघाटमा मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह समेत गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij