
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान दुर्घटना भएको छ । सोमबार दिउँसो १ बजेको समयमा वायु सेनाको एफ ७ विमान राजधानी ढाकाको उत्तरामा दुर्घटना भएको हो । इन्टर सर्भिस पब्लिक रिलेसन –आईएसपीआर) का अनुसार एफ ७ विमान माइलस्टोन कलेजको भवनमा ठोक्किएको हो ।
अहिले उद्धारको क्रम जारी रहेको र दुर्घटनामा हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ । यता सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा धेरै मानिसहरुको उद्धार गरिएको देखाइएको छ ।
उक्त विमान वायुसेनाको प्रशिक्षण विमान रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij