Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउन १८ गते टोपबहादुरको मुद्दामा पेसी तोकियो

साउन १८ गते टोपबहादुरको मुद्दामा पेसी तोकियो

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझी सहित अन्य विरूद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    ‘ठगी लिखत कीर्ते र राज्यविरूद्ध र सङ्गठित अपराध सम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे ।

    कानुन व्यवसायी अधिवक्ता धर्मराज रेग्मीले जिरह गर्दा पन्थीले टङ्क गुरूङको रेष्टुराँमा पटकपटक मूल प्रतिवादी सानु भण्डारी र केशव दुलालले बोलाएर जाने गरेको तर ती भेटघाटमा पूर्वमन्त्री रायमाझी र उहाँका स्वकीय सचिव लीला जिसी नरहेको लिखित बयान दिएका थिए ।

    पन्थीले जाहेरी लेख्दा आफूूले ती कुरा उल्लेख नगरेको तथा आफूले एभरेष्ट होटलको चौथो तलामा सानु भण्डारीसँग मात्रै भेटेको, रायमाझीलाई नभेटेको स्पष्ट गरेको कानुन व्यवसायी अधिवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।

    उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij