Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैठक

मुलुकी अपराध संहिता संशोधन विधयेकमा छलफलका लागि गृहमन्त्री लेखकले बोलाए विधयेक समिति बैठक

मुलुकी अपराध संहिता संशोधन विधयेकमा छलफलका लागि गृहमन्त्री लेखकले बोलाए विधयेक समिति बैठक

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद् अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    संसदीय मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्वन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधयेक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरहनुका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसँग सरसल्लाह समेत गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij