Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २६ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३९ रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २२ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, काउली तराई प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो ८० रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ६५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ, तीतो करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो ५५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ६० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, भिण्डी प्रतिकिलो ५५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, पिँडालु प्रतिकिला ८० रुपैयाँ, स्कूस प्रतिकिलो ५० रुपैयाँ, रायोसाग प्रतिकिलो ५५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४३० रुपैयाँ, कुरिलो प्रतिकिलो ३५० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २१० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ९० रुपैयाँ, पुदीना २५० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २४० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो १३० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो २०० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो २०० रुपैयाँ, आँप (चोसा) १७० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो २५० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij