Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

विदेशी मुद्रासहित आलम पक्राउ

विदेशी मुद्रासहित आलम पक्राउ

  • काठमाडौं । प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा आज विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।

    images
    images
    images

    प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौँ यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो ।

    images

    उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij