Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

नेप्से परिसूचक ६ अंकले बढ्यो, कारोबार ५ अर्बमै सीमित

नेप्से परिसूचक ६ अंकले बढ्यो, कारोबार ५ अर्बमै सीमित

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से परिसुचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । सोमबार पनि नेप्से परिसुचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो ।

    images
    images
    images

    यसदिन कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ । यसअघि सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर कारोबार भएको थियो ।

    images

    आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ ।

    यस दिन सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । इस्र्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन नारायणि विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    images

    यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij