Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

असोज १ देखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, विभागको निर्देशन

असोज १ देखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, विभागको निर्देशन

  • काठमाडौं । असोज १ गतेदेखि सवारी धनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले मंगलबार सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा यस निर्देशन पालना गर्न भनिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सूचनामा भनिएको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित कार्यालयमा यथाशीघ्र जानुहुन जानकारी गराइन्छ ।”

    AGNI GROUP

    यो निर्णय २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयगत समितिको बैठकले अनुमोदन गरेको थियो । बैठकमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरिएको थियो ।

    यसअनुसार सवारीधनीले अब दर्ता, नामसारी र नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य रूपमा गराउनुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij