Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते चीन प्रस्थान गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका थिए ।

    AGNI GROUP

    प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुँदै २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

    भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । 

    उनले भदौ १६ गते तियान्जिनमा आयोजित शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए । यसैबीच, प्रधानमन्त्री ओली आज बेइजिङमा सम्पन्न विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए । नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहँदै आएको छ ।

    प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij