Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु दुधकुण्ड नगरपालिका-८ घर भई काठमाडौं महाराजगंज बस्ने वर्ष ३४ सबिन कुमार श्रेष्ठ र काभ्रेपलान्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं असन बस्ने वर्ष ३१ को पाल्साङ दोर्जे रहेका छन् ।
काठमाडौं महानगरपालिका ३० डिल्लीबजार स्थित कारागार कार्यालयको कम्पाउन्डमा पार्किङ गरि राखेको बा. ७६ प ७२५२ नम्बरको स्कुटरको डिक्कीबाट नगद १२ हजारसहित मोबाइल फोन चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार कलो रङ्गको पर्स सहित एक थान एटिएम कार्ड, सवारी चालक अनुमति पत्र थान, एक थान आइफोन, सामसुङ र ओप्पो कम्पनीको मोबाइल एक एक थान चोरी भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij