Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

दुर्गा प्रसाईको जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग निवासमै भेटेको दाबी

दुर्गा प्रसाईको जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग निवासमै भेटेको दाबी

  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग भेटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्दै प्रसाईले कार्यक्रमको पूर्वसन्ध्यामा जेनजीका संयोजक भाइबहिनीहरूलाई आफ्नो निजी निवासमा स्वागत गरेको उल्लेख गर्दै छोटो तर सार्थक संवादले अझ प्रष्ट पार्दै पारिदिएको उल्लेख गर्दै आफुहरुले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेको पाएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्-आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् ।

    हामी सबै एउटै निष्कर्षमा पुग्यौँ-आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।

    भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई विदा गरेँ । चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij