
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । उनीहरूले प्रदर्शनको क्रममा प्रमुख सरकारी कार्यालयमा आगजनी गर्ने कदम उठाएका हुन् ।
प्रदर्शनकारीहरूले सामाजिक असन्तुष्टि, भ्रष्टाचार, र राजनीतिक निर्णयप्रति विरोध जनाउँदै यस्तो कदम उठाएको स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा प्रहरी बल तैनाथ गरिएको छ र थप नियन्त्रणका लागि कदम चालिरहेको छ ।
अहिले सम्म कुनै पनि व्यक्ति घाइते वा पक्राउ परेको विवरण भने सार्वजनिक भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij