Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् । कारागार प्रशासनका अनुसार रायमाझीले फोनमार्फत आफू आउन इच्छुक रहेको जानकारी दिएका हुन् । प्रशासनले भने, ‘ठीक छ, सम्पर्कमा रहनु होला, परिस्थिति अनुसार खबर गर्छौँ ।’
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए, जहाँ ३८ सय कैदीमध्ये ३३ सय फरार भएका थिए । सुनकाण्डमा मुख्य नाइके चुडामणि उप्रेती पनि फरार छन् ।
केही फरार कैदी फर्किसकेका छन् भने केही तयारीमा छन् । पूर्व सचिव टेकनारायण पाण्डेले पनि कारागार फर्कन इच्छुक भएको सन्देश पठाएका छन् ।
मंगलबार राति नख्खु कारागारबाट निस्केका कैदीहरूले सुन्धारामा तोडफोड गरेका थिए । सुरक्षाका लागि खटिएको प्रहरी त्यहाँबाट भागेपछि नेपाली सेनाले कारागार नियन्त्रणमा लिएर अवस्था स्थिर पारेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij