Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहको छ ।
पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको बताएका छन ।
उनले भने, ‘हामी सुरुमा अतालिएका थियौँ । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ ।
उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ । गर्धनमा सामान्य चोट छ । टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ ।
उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताएका छन । उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ । बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ ।
देउवा पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार आएको उनले बताए । घाउको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij