Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादीको केन्द्रीय कमिटी बैठक

'प्रवेश शुल्क एक हजार प्रस्ताव'

'प्रवेश शुल्क एक हजार प्रस्ताव'

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकको एजेन्डा तय गर्नको लागि आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्न लागेको केन्द्रीय कार्यालयको मुख्यसचिव गणेशमान पुनले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘अब केही बेरमा स्थायी कमिटीको बैठक बस्दैछ, यो बैठकले भोलिको बैठकको एजेन्डा स्थान तय गर्छ ।’

    AGNI GROUP

    माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पार्टीको सबै कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सारेका थिए । त्यसबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने छ ।

    भोलि बस्ने माओवादीको बैठकमा केन्द्रीय सदस्यहरूलाई प्रवेश शुल्क एक हजार लिने तयारी गरेको छ । त्यसबारे मुख्यसचिव पुनले भने, ‘एक हजार प्रवेश शुल्क लिने भन्ने प्रस्तावित हो, आजको बैठकमा छलफल हुन्छ र निर्णय गर्छ ।’

    बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई बोलाइएको छ । माओवादीमा केन्द्रीय सदस्य ४५० भन्दा धेरै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij