Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेनजी सरकारले गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गर्यो- महेश बस्नेत

जेनजी सरकारले गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गर्यो- महेश बस्नेत

  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी सरकारले आफुलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले  आफुले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको भन्दै जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए  त्यसको सामना गर्न नेपाली युवा सधैँ तयार रहेको चेतावनी समेत दिएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्- 

    वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै, मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ ।

    तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमासत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु । छोटो समयका लागि बनेको जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले यदि अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाउँछ भने, त्यो सामना गर्न नेपाली युवा सधैँ तयार छन् ।

    एमालेका अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम, र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ । यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij