Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको भन्दै हामी नेपालका प्रमुख समेत रहेका सुदन गुरुङसहितको टिमले ओली र लेखकलाई पक्राउ गर्न सामाजिक संजालमा अभियान समेत चलाएर सरकारलाई दबाब बढाएका छन् ।
उच्च स्रोतका अनुसार गएराती प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्कीले यस विषयमा छलफल समेत गरेकी छन् । बालुवाटारको छलफलमा प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुख, सहित छलफल गरेकी हुन् ।
सरकार पुर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले भदौ २३ २४ को आन्दोलनको छानबिन सकिएपछि सोहि अनुसार कारवाही गर्ने मनस्थितिमा रहेपनि दबाब बढ्दै गएपछि कानुन अनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बुझिएको छ ।
बैठकमा आयोगको प्रतिवेदनपछि नै सोहि अनुसार कारवाही अगाडी बढाउदा कानुन सम्मत हुने सुझाव समेत दिइएको थियो ।
सरकारलाई एकातिर जेनजी समुहको दबाब बढेको छ भने अर्को तिर हालसम्म चुपचाप रहेका दल र उनीहरुका कार्यकर्ता आक्रोशित हुन्छनकी भन्ने पक्षमा समेत छलफल भएको छ ।
सरकारले असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनको विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र आयोगले अहिले काम गरिरहेको छ । आयोगलाई तीन दिनको समय दिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij