Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वर्षको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर काठमाडौं महानगरपालिका भित्र ६२ वटा हाइ मास्ट बत्तीहरू जडान गरिएको मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
हाइ मास्ट लाइट भनेको शक्तिशाली बत्तीहरू धेरै अग्लो पोलमा (साधारणतया ४० देखि १५० फिट उचाइमा) जडान गरिएको एक प्रकाश प्रणाली हो । यस्तो बत्ती प्रणाली राजमार्ग, खेल मैदान, विमानस्थल, औद्योगिक क्षेत्रजस्ता ठूलो बाहिरी क्षेत्रहरू उज्यालो पार्न प्रयोग गरिन्छ ।
यो प्रणालीले परम्परागत बत्तीहरूभन्दा कम पोल प्रयोग गरेर ठूलो क्षेत्रमा समान र तेजोमय प्रकाश फैलाउँछ । यसले सुरक्षा र दृश्यता दुवैमा सुधार ल्याउँछ र प्रकाश वितरणमा उच्च स्तरको नियन्त्रण प्रदान गर्दछ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij