Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वयम्भूबाट पक्राउ परेका व्यक्तिबाट १ करोड १० लाख बरामद

स्वयम्भूबाट पक्राउ परेका व्यक्तिबाट १ करोड १० लाख बरामद

  • काठमाडौं । काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घरकी २२ वर्षीया रोजिना सुनारको साथबाट प्रहरीले कुल १ करोड १० लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पक्राउ परेका दुबै व्यक्तिबाट यसअघि कात्तिक ६ गते ६९ लाख ८५ हजार रुपैयाँ बरामद गरिएको थियो । थप अनुसन्धानका क्रममा उनीहरूको डेराबाट अतिरिक्त ४० लाख रुपैयाँ फेला परेको हो ।

    AGNI GROUP

    पक्राउ परेका व्यक्तिको स्वयम्भू सानो भर्याङस्थित सरिता महर्जनको घरमा भाडामा लिएको कोठाबाट सुनका गहनासमेत बरामद गरिएको छ । बरामद गरिएको सामानमा २ वटा नेकलेस, २ जोडी झुम्का, ४ वटा बाला, ३ वटा औँठी र १ वटा शिरबन्दी रहेका छन् । साथै, आईफोन र म्याकबुक पनि प्रहरीले कब्जामा लिएको छ।

    एसपी भट्टराईका अनुसार, आरोपीहरुमाथि हुन्डीसम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धान प्रहरी वृत्त स्वयम्भूले गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij