Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेनाको बर्खास्तीमा परेका शाही जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके

सेनाको बर्खास्तीमा परेका शाही जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति नेपाली सेनाबाट बर्खास्त रहेको तथ्य बाहिर आएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार मिनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो ।

    AGNI GROUP

    काठमाडौंको धापासी कृष्ण मन्दिर नजिक बस्दै आएका शाही सेनाबाट बर्खास्त गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार शाही २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए । तर, २०७५ सालमा चालकको रूपमा नक्कली लाइसेन्स पेश गरेको खुल्न आएपछि उनलाई सेनाबाट बर्खास्त गरिएको थियो ।

    प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त गौशाला परिसरमा तोडफोड, आगजनी र लुटपाटमा उनी संलग्न रहेको भिडियो प्रमाण प्राप्त भएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, उनले बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी लुटपाट गरेको दृश्य पनि भिडियोमा फेला परेको प्रहरीले जनाएको छ ।

    फुटेजमा शाहीले प्रहरीको मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेका दुई थान ट्रफी, गाडीको ड्यासबोर्डमा राख्ने गणेश मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको देखिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले शाहीविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij