Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग

हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग

  • काठमाडौं । नेपालभरका हेल्थ असिस्टेन्टहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीमा सि.अ.हे.व. अधिकृत र जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तेरिज, र जिम्मेवारी विभाजनमा एकरूपता नहुँदा स्वास्थ्यकर्मीहरू अन्योलमा परेको जनाएको छ।
    संघका अध्यक्ष अमिर सुबेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन नदिँदा देशभरका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था आएको छ, जसले सेवा प्रवाहमा समेत असर परेको छ ।”

    AGNI GROUP

    संघले यसअघि पनि कावासोति नगरपालिका र गैडाकोट नगरपालिकासहित विभिन्न स्थानीय तहमा पत्राचार गरी स्पष्टता माग गरेको भए पनि मन्त्रालयबाट अझै आधिकारिक प्रतिक्रिया नआएको जनाएको छ ।

    यही विषयमा बैतडीका जनस्वास्थ्य निरीक्षक विनोद भट्टले समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गुनासो पेश गरे पनि हालसम्म जवाफ नआएको संघको दाबी छ ।

    संघले नेपाल स्वास्थ्य सेवा ऐन , नियमावली  र समायोजन ऐनका प्रावधानअनुसार मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरी स्पष्ट निर्देशन जारी गर्नुपर्ने बताएको छ ।

    पत्रमा चेतावनी दिइएको छ , “यदि मन्त्रालयले अब पनि सुनुवाइ नगरेमा, देशभरका हेल्थ असिस्टेन्टहरू चरणबद्ध आन्दोलनमा उत्रनेछन् ।”

    WhatsApp-Image-2025-11-04-at-15.35.53_543ec164-1762250849.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij