Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी एक विदेशी कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
कपुतुला लागुऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएकी थिइन् । फरार भएकी उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij