Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । विदेशी पर्यटकलाई यात्रा सहजिकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
नेपालमा मेरो अल्टिट्युड राईडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले नेपालस्थित मोटरसाईकल राईडको व्यवस्था गरिदिने भन्दै म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना राईडर्सको लागि मोटरसाईकल राईड, खाना, बस्न, अन्य सपोर्ट समेतको सम्पूर्ण प्याकेज सहित सेवा दिने सर्तमा नेपाल भ्रमणको लागि सम्झौता भएको ७ दिन भित्र ३० प्रतिशत रकम माग गरी सर्त वमोजिमका सेवा प्रदान नगरी सम्पर्क विहिन ठगि गरेको साइबर ब्युरोले जानकारी दिएको छ ।
विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनि पीडित पोल्यान्डका नागरीकको निवेदन ब्यूरोमा प्राप्त भएपछि आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुर्खेतको वराहताल-३ का अल्टिट्यूड राईडर्स प्रालिका संस्थापक बर्ष ४० को विशु सिंजालीको संलग्नता देखिएपछि रोल्पाबाट कात्तिक २६ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij